
काठमाडौं । नेकपा (एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
बैठकमा विशेषगरी आगामी चैत १५ गते गर्ने तय भएको प्रदर्शनको तयारीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । समाजवादी मोर्चाले सरकार र राजावादी समूहलाई खबरदारी गर्नेगरी चैत १५ मा काठमाडौंमा विशाल प्रदर्शन गर्दैछ ।
आकस्मिक रूपमा बैठक बस्न लागेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्य मात्र सहभागी हुनेछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने विषयमा समेत केन्द्रित भएर छलफल हुने बताइएको छ ।














