
काठमाडौं । सर्वोच्च अदालतले अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोप्रति कारण देखाउ आदेश जारी गरेको छ ।
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
साथै सर्वोच्चले छलफलका लागि दुवैपक्षलाई बोलाएको छ । २ फागुनमा पूर्वसचिव डा.रोशन पोखरेलको कार्यकाल सकिएसँगै नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटी सिफारिस भएका थिए ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले पहिलो नम्बरमा रहेकी मिश्रालाई छाडेर अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि मिश्रा सर्वोच्च पुगेकी हुन् ।