
काठमाडौं । महोत्तरीको बलवा नगरपालिका–३ पडौल बजारस्थित सुनचाँदी पसल (शिवशान्ति ज्वेलर्स) मा लुटपाट भएको छ । शनिबार राति जीप चढेर आएका ५ जनाले अरुणकुमार साहको उक्त सुनचाँदी पसल लुटेका हुन् ।
पसल सञ्चालक साहका अनुसार लुटेराहरूले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेका छन् । उनीहरू बर्दिबासतर्फ भागेको अन्य पसलको सीसीटीभी क्यामेरामा कैद भएको छ ।
जीप चढेर आएका लुटेराको समूहले उक्त सुनचाँदी पसल लुटेपछि प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै व्यापारी आन्दोलित बनेका छन् । व्यापारीहरुले सडकमा टायर बालेर बजार नै बन्द गरेका छन् ।