Logo
Logo

प्रभु साहद्वारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार


756
Shares

काठमाडौं । सांसद प्रभु साहले संसदमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन् ।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम कार्यसूचीबाटै हटाउन माग गरेका साह आफ्नो माग सम्बोधन नभएपछि बैठकबाट बाहिरिएका हुन् ।

उनले अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएको भन्दै कार्यसूचीबाट हटाउन माग गरेका थिए । तर, माग सम्बोधन नभएपछि उनी संसद् बैठकबाट बाहिरिएका हुन् । सांसद साहले यसलाई औचित्यहीन भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्