Logo
Logo

हरेक महिना यूएईमा २६ नेपाली कामदारको मृत्यु


441
Shares

काठमाडौं । आठ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा २०९ नेपालीले ज्यान गुमाएका छन् । यूएईस्थित नेपाली दूतावासले गत साउनदेखि फागुनसम्ममा २०९ जना नेपालीको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको हो ।

गत वर्ष यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । यो भनेको मासिक औसत १९.२५ हो । गत आर्थिक वर्ष २०८०/८१ का १२ महिनामा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाउँदा यस वर्ष ८ महिनामै २०९ जना पुगेको छ ।

यस तथ्यांकको आधारमा औसतमा प्रत्येक महिना २६ जना नेपालीले यूएईमा ज्यान गुमाइरहेको देखिन्छ। सडक दुर्घटना, हृदयघात, अन्य बिरामी, कार्यस्थलमा हुने दुर्घटनाका कारण नेपालीले ज्यान गुमाइरहेको दूतावासले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्