Logo
Logo

जेनिशाले जितिन् ‘जुुनियर अनलाइन डान्सर’ उपाधि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ साउन । ‘जुुनियर अनलाई्न डान्सर’ उपाधि जेनिशा गुरुङले जितेकी छन् । नक्षत्र फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा उपाधिसँगै जेनिशाले १५०० अमेरिकन डलर पुरस्कारस्वरूप प्राप्त गरकी छन् ।
गत ११ जुलाईमा यो प्रतियोगिता अमेरिकामा अनलाइबाट सुरु गरिएको हो । प्रतियोगिताको फाइनलमा ४ प्रतिस्पर्धीले प्रतिभा देखाएका थिए । दर्शकको भोट र निर्णायकको मुल्याँकनको आधारमा गुरुङले प्रथम भएको आयोजकले जनाएको छ ।
यस्तै आयोजक संस्थाका अध्यक्ष अर्जुन सुबेदीका अनुसार स्नेहा चेमोरियाले फस्र्ट रनरअप भइन् । उनले एक हजार अमेरिकन डलर प्राप्त गरिन् भने विन्दिया खड्काले सेकेन्ड रनरअप उपाधि सँगै साथ सय अमेरिकन डलर पाइन् । यस्तै थर्ड रनरअप भएकी योजना राईले ४०० अमेरिकन डलर पुरस्कारस्वरूप प्राप्त गरेकी छन् ।
कार्यक्रमबाट आफूले हौसला प्राप्त गरेको अध्यक्ष सुबेदीले बताए । उनले अर्को बर्ष पुनः सिजन–२ का साथै ‘लिटिल भ्वाइस’ गर्ने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्