Logo
Logo

दानव नदीमा डुबेर तीन बालक बेपत्ता


378
Shares

रूपन्देही । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।  लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्