Logo
Logo

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ


0
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेस्थित खुला चौरमा राजावादी समूह ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा, अर्जुनधारा नगरपालिका–५ निवासी ४८ वर्षीय ओमप्रकाश लुइँटेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार लुइँटेलविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्