Logo
Logo

दाङमा एक व्यक्तिले आफैँमाथि चलाए गोली


2.5k
Shares

काठमाडौं । दाङमा एक व्यक्तिले आफैँलाई गोली हानेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैँलाई गोली चलाएका हुन् ।

 प्रहरीका  अनुसार उनको मृत्यु भइसकेको छ । आचार्यले लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैँमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।  आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । आफैँमाथि गोली चलाउनुको कारण भने खुलेको छैन ।

गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्