Logo
Logo

गभर्नर विवादसम्बन्धी रिट हेर्न नभ्याइने


189
Shares

काठमाडौं  । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा दायर पूरक निवेदन तेस्रो दिन पनि हेर्न नभ्याइने परेको छ । 

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा आज पनि  हेर्न नभ्याइनेमा परेको हो ।  रिट तथा निवेदनमाथि १७ औँ नम्बरमा तोकिएको थियो ।  सोमबार उक्त निवेदनको पेसी १३ औँ र आइतबार  ४० औँ नम्बरमा तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्