काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को परीक्षामा शिक्षक/कर्मचारीहरू सहभागी नहुने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मीहरू खटाएरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघको धारणा आएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी १२ को परीक्षा निजामतीले गराए कापी पनि उनीहरूले जाँच्नुपर्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षा निकायका मान्छे परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ, त्यो उसको कुरा हो, कोही पनि प्रधानाध्यापक शिक्षक र कर्मचारी त्यो प्रकृयामा सामेल हुँदैनौँ, नहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ, कापी पनि उनीहरूले नै परीक्षण गरून्, परीक्षा पनि उनीहरूले नै चलाऊन्, हामी पनि हेरौँला।’
शिक्षा विधेयक जारी गर्न माग राख्दै महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक÷कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
कक्षा १२ को परीक्षा यही वैशाख ११ देखि सञ्चालन हुँदै छ । कक्षा १२ मा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् ।











