Logo
Logo

सिंहदरबारमा शिक्षक र सरकारबीच वार्ता


2.2k
Shares

काठमाडौं । सरकार र शिक्षक महासंघबीच अहिले वार्ता जारी छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भर्खरै वार्ता सुरु भएको हो ।

शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको हो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको हो ।

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् । लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ ।

शनिबार बिहान मात्रै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार कि पारको लडाइँमा रहेको बताएका थिए । उनले सामाजिक सञ्जालमा स्टताटस लेख्दै यस्तो बतएका हुन् ।

प्रतिक्रिया दिनुहोस्