काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए । उनको उपचारकै क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो । डंगोल कांग्रेस काठमाडौँको कोषाध्यक्ष, जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपमेयरसमेत भएका थिए ।
डंगोल २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डर थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने मुख्य सचिव पौडेलले बताए । त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने बताइएको छ ।