Logo
Logo

कांग्रेसले भन्यो- प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा ढिलाइ भयो


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् । आज बिहान प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले यस्तो आरोप लगाएका हुन् ।

उनले दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासोलाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको बताए । प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको उनको आरोप छ । त्यसबारेमा प्रधानमन्त्रीले समन्वय र सहकार्य नगरेको पनि उनले बताए ।

महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताए । प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको उनको भनाइ छ ।

सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनितिक नेतृत्वले अनावश्यक आश्वासन बाँढ्दै हिँड्न नहुने बताए । यस्तै, उनले अर्को एक प्रशंगमा सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्