
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थीरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिटै ढल्दैछ भनेर जनतामा भ्रम छर्नेगरि प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन् ।
राजनीतिक स्थीरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरि कसैले पनि गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए ।
उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको बिकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे । त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरुलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए ।
उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरुसंग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरु आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको धारणा राखे ।














