
काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरुलाई जानकारी गराइएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउबारेको सूचना पढेर सुनाएकी हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी बहु उदेश्सीय सहकारी ठगीमा संलग्न भई ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा फरार रहेकी राई अनुसन्धानको क्रममा शनिबार पक्राउ परेकी हुन् । उनलाई बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














