काठमाडौं । भन्सारसम्बन्धी विधेयकको प्रतिवेदन आइतबार प्रतिनिधि सभामा पेश गरिएको छ । सभाको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त विधेयक तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रतिनिधि सभामा १८ असोज २०८० मा दर्ता गराएका थिए । त्यसपछि १८ चैत २०८० मा विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाइएको थियो । समितिले आवश्यक संशोधनसहित विधेयक पारित गरी प्रतिवेदन सभामा पेश गरेको हो ।











