Logo
Logo

पानीमा रुझ्दै आवासीय चिकित्सकहरुले निकाले र्‍याली


189
Shares

काठमाडौं । निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुझ्दै र्‍याली निकालेका छन् । माइतीघर मण्डलाबाट चिकित्सकहरू बिजुली बजारको पुलसम्म र्‍याली निकालेका छन् । 

आवासीय चिकित्सकले गठनले  र्‍याली पानीमा भिज्दै अगाडि बढिरहेको र सरकारले गरेको निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । 

आन्दोलनमा आइतबार देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक सँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक सङ्घका पदाधिकारी उपस्थित छन् ।

सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौँ तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।

शुक्रवारदेखि आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा चिकित्सकले सेवा बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्