काठमाडौं । प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्छ भन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।
आइतबार मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनमामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्ता अभिव्यक्ति दिनेप्रति दया लाग्ने बताएका हुन् ।

‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ । दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन्,’ उनले भने।
यही कुरालाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू त्यसैलाई लिएर उफ्रिएको भन्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरे।
उनले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको टिप्पणी समेत गरे । उनले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गरे ।
‘फटाहा कुरा गर्ने स्थापित फटाहाहरू नै हुन् छन्, । पखेटा हेर्यो समाजवाद लेखेको छ, टाउको हेर्यो समाजवाद । बोलेपछि नीलवर्ण शृङ्गार भनेर चिनिन्छ’, उनले भने, जतिबेला यिनीहरू एमाले सिध्याउनै पर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो।’
त्यस्ता तत्वहरूले जसरी पनि लिडरसिपमाथि हमला गर्नेतिर लागेको भन्दै कमजोर बनाउन झूटा बिलहरू समेत देखाउने गरेको बताए । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा २०८४ मै विकास गर्ने पनि बताए











