Logo
Logo

शिक्षकहरूको आजको मुठभेड नियोजित थियो : शङ्कर पोखरेल


2.3k
Shares

काठमाडौँ । नेकपा एमाले महासचिव शङ्कर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजित रहेको आरोप लगाएका छन् । शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशङ्का व्यक्त गरे । 

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासङ्घको नेतृत्व थप सचेत हुनुपर्ने समेत उनले बताए । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको उनको भनाइ छ । दुवै पक्ष गम्भीर ढङ्गले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।

देशभरका शिक्षक र कर्मचारीहरू तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यस बिचमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै सरकारकालाई दबाब दिईरहेका थिए । तर आजको शिक्षक आन्दोलमा शिक्षक  र प्रहरीबिचको झडपमा हुँदा ६० जना शिक्षक घाइते भएका शिक्षक महासङ्घले जनाएको छ । त्यस्तै एक जना पत्रकारको आँखामा चोट लागेको छ । 

प्रतिक्रिया दिनुहोस्