Logo
Logo

शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो : माओवादी


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार गरेर दमन गरेको आरोप लगाएका हुन् ।

संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा उनले असन्तुष्टि जनाए । विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्