Logo
Logo

मिरापिक हिमालमा सशस्त्र प्रहरी बलको झण्डा


315
Shares

काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले बैशाख १५ गते ६,४७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन् । आरोहणको क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका छन् ।

बोहोरा, जसले गत चैत्र २८ गते सशस्त्र प्रहरी बलको झण्डा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए, उक्त आरोहणका क्रममा सशस्त्र प्रहरी बलको झण्डा फहराउनको उद्देश्य रहेको बताएका छन् ।

सेवाबाट अवकाश प्राप्त गरी लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले यस अभियानका बारेमा भने, ‘संगठनले मलाई धेरै माया र मार्गदर्शन दिएको छ, त्यसैले मैले यसको प्रतीक झण्डा सगरमाथा आरोहणका लागि बोकेको थिएँ । म सङ्गठनको लागि केही योगदान पुर्‍याउन चाहन्छु ।’

सशस्त्र प्रहरी बलको झण्डा फहराउने बोहोरा नेपालका एक मात्र नागरिक हुन् जसले मिरापिक हिमालमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्