Logo
Logo

१६ गते देखि नियमित पठनपाठन गर्न शिक्षकलाई ललितपुर महानगरको निर्देशन


819
Shares

काठमाडौं ।  ललितपुर महानगरपालिकाले आगामी मिति २०८२/०१/१६ देखि शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन पुनः सुरु गर्नका लागि निर्देश दिएको हो ।  सूचनामा  कार्यपात्रो अनुसार विद्यार्थी भर्ना र अन्य शैक्षिक गतिविधिहरू अहिलेसम्म सञ्चालन हुन नसकेको अवस्थामा, यस विषयमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ

महानगरपालिकाले भनेको छ, ‘विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट दिइएको आदेशअनुसार, देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनका लागि अवसर उपलब्ध गराउनु पर्नेछ। यसै अनुसार, २०८२र/०१/१६ देखि सबै सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन, विद्यार्थी भर्ना र अन्य शैक्षिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालन गर्न अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्