
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित भएका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा तामाङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको पूर्व जिल्ला अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काले जानकारी दिएका छन् ।