
काठमाडौं । दाङका युवा वैज्ञानिक मार्शल रोका बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार दाङ जिल्ला अदालतले तुलसीपुर ९ की एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको कसुरमा घोराही १६ का २८ वर्षीय रोकालाई दोषी ठहर गर्दै सात वर्ष कैदको सजाय सुनाएको हो ।
अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र १ हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला भएको छ ।
पीडितले बलात्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी ०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।
झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेका थिए ।