Logo
Logo

कटुवा पेस्तोलसहित एक युवक पक्राउ


315
Shares

सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका९२ बाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति पर्सा गाउँपालिका-४ निवासी २३ वर्षीय दिपक साह हुन् । उनलाई शनिवार दिउँसो नारायणपुर प्रहरी चौकीबाट खटिएको टोलीले कटुवा पेस्तोल १ थान र सोसँगै गोली १ राउण्ड सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दिपक साहलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

थप जानकारीको लागि सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धानपछि विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्