Logo
Logo

स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न


504
Shares

काठमाडौं । नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीको आयोजनामा स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।

कार्यक्रम परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्व, सचिवालय सदस्य भुवन बोहराको सञ्चालन र पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा भएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतद्वारा संकलित ‘सुदूरपश्चिमेली लोकगीत’ कृतिको विमोचन प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्मानित व्यक्तित्वहरूबाट गरियो । साझा प्रकाशनद्वारा प्रकाशित उक्त कृतिबारे सुभाषचन्द्र भण्डारीले समीक्षात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान प्रदान समेत गरिएको छ । गोपाल अश्कलाई नेपाली वाङ्मय साधना सम्मान, नवराज रिजाललाई पद्मा–रामचन्द्र लघुकथा सम्मान, राजेन्द्र तारकिणीलाई कर्मयोद्धा सृजना सम्मान, प्रा.डा. महादेव अवस्थीलाई आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, प्रा.डा. कपिल लामिछानेलाई नेपाली वाङ्मय साधना सम्मान, ध्रुव मधिकर्मीलाई राधिका–गोपालदत्त लघुकथा सम्मान र मेघनाथ खनाल ‘बन्धु’लाई कर्मयोद्धा सृजना सम्मान प्रदान गरिएको छ ।

यसअघि घोषित राधिका–गोपालदत्त लघुकथा सम्मान डा. रामनिवास मानव र पद्मा–रामचन्द्र लघुकथा सम्मान डा. हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय भएको थियो । तर, घरायसी कारणले उनीहरू उपस्थित हुन नसकेकाले उक्त सम्मान पछि विशेष कार्यक्रममार्फत प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्