काठमाडौं । असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गरेपछि आलोचित बन्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीभित्र र बाहिर असन्तुष्टि चुलिदो छ । सामाजिक सञ्जालदेखि गाउँगाउँका चिया पसलसम्म ओलीप्रति सर्वसाधारणले असन्तुष्टि पोख्दै आएका छन् । एमालेका नेता तथा कार्यकर्ताले पनि अनौपचारिक रुपमा ओलीको उछितो काटे पनि भीम रावल बनिने डरले सार्वजनिक रुपमा मुख खोल्न सकेका छैनन् ।

पछिल्लो समय भने एमाले बैठकमै ओलीमाथि प्रशन उठ्न थालेको छ । गत आइतबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएकी छिन् । शाक्यले निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको पक्षमा सामाजिक सञ्चालमा स्ट्याटस लेखेको विषयलाई लिएर आइतबारको सचिवालय बैठकमा ओलीले प्रश्न उठाएपछि शाक्यले प्रतिप्रश्न गरेकी थिइन् ।
एमाले पार्टी कार्यालयमा आइतबार १ बजे बैठक बोलाइए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली दुई घण्ढा ढिलो आएपछि ३ बजे मात्रै सुरु भएको थियो । उक्त बैठकमा ओलीले विद्या भट्टराईले काम गर्न नसकेर मन्त्री पदबाट राजीनामा दिए पनि त्यही विषयलाई लिएर आफूलाई अप्ठेरोमा पार्न खोजिएको बताए । त्यही कुरालाई उपाध्यक्ष शाक्यले समेत गलत व्याख्या गरेको भन्दै ओलीले आपत्ति जनाएका थिए ।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुप¥यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’ भट्टराईले राजीनामा दिएपछि शाक्यको सामाजिक सञ्चाल फेसबुकमा स्ट्याटस लेखेकी थिइन ।
शाक्यले ओलीलाई बैठकमा भनिन् ‘मलाई लाग्यो, विद्या भट्टराई योग्य र क्षमता भएकी नैतिकवान नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी स्टाटस लेखेको हुँ ।’ ओलीले पनि बाहिर बोल्दै हिडेको भन्दै शाक्यले प्रश्न गरेकी छिन् । ‘ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर लेखे । तपाईंले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको ? शाक्यको प्रश्न थियो ।
शाक्यले ओलीलाई बैठकमा भनिन् ‘मलाई लाग्यो, विद्या भट्टराई योग्य र क्षमता भएकी नैतिकवान नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी स्टाटस लेखेको हुँ ।’ ओलीले पनि बाहिर बोल्दै हिडेको भन्दै शाक्यले प्रश्न गरेकी छिन् । ‘ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर लेखे । तपाईंले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको ? शाक्यको प्रश्न थियो ।
शाक्यले पार्टीको कतियपय निर्णय पदाधिकारीलाई नै थाहा नहुने भन्दै त्यस्तो अवस्थामा सार्वजनिक टिप्पणी हुनु स्वभाविक भएको समेत बताएकी छिन् । ओली र शाक्यबीच सवाल–जवाफ चल्दा अरु नेता मौन बसेका थिए ।
गत वैशाख १३ गते एमाले संसदीय दलको बैठकमा ओलीले शाक्यबारे बोलेका थिए । विद्या भट्टराईलाई हिरो बनाउनेगरी उपाध्यक्षले नै बोलेकाले स्पष्टीकरण सोधिन सक्ने ओलीले बताएका थिए । ओलीले सचिवालय बैठकमा विद्या भट्टराईमा मन्त्री चलाउन सक्ने क्षमता नभएको दाबी गरेका थिए । भट्टराईको ठाउँमा रघुजी पन्त शिक्षामन्त्री भइसकेका छन् ।
आइतबारको बैठकमा निलम्बित नेतृ डा. विन्दा पाण्डे र उषाकिरण तिम्सिनाबारे पनि कुरा उठेको छ । आइतबार ओलीसँगै उपाध्यक्षहरू शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले बोलेका थिए । पाण्डेले बोल्दै गर्दा ओलीले थप कुरा पछि गर्ने भन्दै बैठक स्थगित गरिदिएका थिए ।











