Logo
Logo

नेपाल चेम्बर अफ कमर्सको ‘हीरक जयन्ती’को भव्य तयारी


252
Shares

बैशाख । नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापनाको ७५ औँ वार्षिकोत्सव ‘हीरक जयन्ती’ यस वर्ष विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा मनाउने भएको छ ।

७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था रहँदै आएको चेम्बरले मुलुकको समग्र आर्थिक समृद्धिमा पुर्‍याएको योगदानलाई उजागर गर्न विशेष कार्यक्रमहरूको आयोजना गर्दै छ । सोही सन्दर्भमा हीरक जयन्तीलाई सफल बनाउन चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा ‘हीरक जयन्ती मूल समारोह समिति’ गठन गर्ने निर्णय गरेको छ ।

चेम्बरका अनुसार, यो अवसरलाई अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका, व्यापार प्रवर्द्धन, उद्यमशीलताको विकास र चेम्बरको ऐतिहासिक यात्रा स्मरण गर्ने अवसरका रूपमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्