Logo
Logo

भाटभटेनीबाट २ लाखको रक्सी, चुरोट र सितन चोरी गर्ने पक्राउ


2.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–५ नक्सालस्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट २ लाखभन्दा बढी मूल्य बराबरको सामान चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति दोलखाको वैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ हुन् ।

प्रहरीका अनुसार श्रेष्ठले वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टमेन्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए । उनलाई वैशाख २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए ।

श्रेष्ठमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

श्रेष्ठले चोरी गरेको समान 
 ब्लु लेवल (रक्सी) – १ बोतल, रु. ३०,२६४  ग्लेण्डफिडिच (रक्सी) – १ बोतल, रु. १६,१९६ ओल्ड दरबार (रक्सी) – १ बोतल, रु. ४,७५५ सूर्य चुरोट – ३० थान, रु. १०,२०० आलमण्ड – १५ के.जी., रु. २८,७२५ पिस्ता (८०० ग्राम) – १२ प्याकेट, रु. २३,१९६ काजु (९०० ग्राम) – १० प्याकेट, रु. २०,२३० स्याफ्रान – २५ थान, रु.१३,७०० फिस वेल (फुड सप्लिमेन्ट) – ६ थान, रु. १९,५००

उक्त चोरीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्