Logo
Logo

काठमाडौँको ठमेलमा आगलागी


819
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ । शुक्रवार दिउँसो साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्की घरको दोस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ ।

दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई  फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानीय सहायताले एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो । 

प्रतिक्रिया दिनुहोस्