Logo
Logo

कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा


819
Shares

काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए । मृत भेटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्