Logo
Logo

रिड्डारा आरडी ६ इभी पिकअपका लागि नेपालमा ‘इभोल्भ टु-रिद्दारा एक्सचेन्ज’ योजना


378
Shares

काठमाडौं  । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिद्दारा एक्सचेन्ज’ नामक आकर्षक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो योजनाले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ । सीमित अवधिको यो अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर रिड्डारा आरडी ६ इभी पिकअप केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन् ।

गीली अटो ग्रुपको अत्याधुनिक प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको समर्पणले निर्मित रिड्डारा आरडी ६ दक्षता र उपयोगिताको उत्कृष्ट संयोजन हो । ७३ किलोवाट-आवरको ब्याट्रीसहित ४२४ किलोमिटर रेंज प्रदान गर्ने यो पिकअप आफ्नो सेग्मेन्टमा शीर्षस्थानमा छ । नेपालको विविध भू-बनोटमा सहज सञ्चालनका लागि यो सवारीमा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट गरी ७ वटा ड्राइभिङ मोडहरू छन् । यसमा रहेको ५४० डिग्री सराउण्ड भ्यू क्यामेराले चालकलाई सुरक्षित र विश्वस्त ड्राइभिङ अनुभव प्रदान गर्छ ।

योजनालाई थप आकर्षक बनाउन कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर र एक वर्षको सडक कर निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । 

चीनमा नम्बर १ इभी  पिकअपको मान्यता पाइसकेको रिड्डारा आरडी ६ को निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीमध्ये एक हो, जसले यसको गुणस्तर र विश्वसनीयतामा अन्तर्राष्ट्रिय विश्वास कायम गरेको छ ।

सिजी मोटर्सले यो योजनामार्फत नेपालमा विद्युतीय सवारी साधनको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन यातायात समाधानलाई प्रोत्साहन गर्दै कम्पनीले आम नागरिकलाई दिगो भविष्यतर्फ डोर्‍याउने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्