Logo
Logo

‘परामर्श मेला-२०२५’बाट पाँच सय बढी सेवाग्राही लाभान्वित


1.7k
Shares

काठमाडौं । काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले एकदिने मानसिक स्वास्थ्य मेला आयोजना गरेका छन् । क्याम्पसका परामर्श मनोविज्ञानमा डिप्लोमा स्नातकोत्तर (पीजीडीसीपी) २१औँ ब्याचका प्रथम सेमेस्टरका विद्यार्थीले ‘परामर्श मेला–२०२५ आयोजना गरेको हो ।

आइतबार त्रिचन्द्र क्याम्पसको प्रांगणमा सम्पन्न मानसिक स्वास्थ्य सम्बन्धी मेला अर्थात ‘परामर्श मेला–२०२५’ मा मानसिक स्वास्थ्य सम्बन्धित स्टलहरु राखिएका थिए । जसमा आर्ट थेरापी, डी–एडिक्सन, बुथ, इनरजाइज बुथ, वेलनेस प्रोग्राम, साइकोलोजिकल अवेयरनेस (न्युरो साइन्स) रहेको थियो । मेलाबाट पाँच सयभन्दा बढी लाभान्वित भएको आयोजकले जनाएको छ ।

‘मानसिक स्वास्थ्यमार्फत कल्याणको बाटो पत्ता लगाउनुहोस्’ भन्ने नारासहित आयाृजित मेलाको उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख डा. निलम श्रेष्ठ, सहायक क्याम्पस प्रमुखहरू दयानिधि छत्कुली, बालकृष्ण पौडेल तथा मनोविज्ञान विभाग प्रमुख गोविन्दशरण उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

साथै, कार्यक्रममा मनोविज्ञानका प्राध्यापक डा. भारती अधिकारी, नारायणप्रसाद शर्मा, गणेश आमगाई, सागर नेपाल, सरिता सापकोटा तथा क्याम्पसका प्राध्यापक र संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको छ । मेलामा सेवाग्राहीको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्