काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, मोरङ, कञ्चनपुर, दाङ, कैलाली र सुनसरीका रहेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट ३३ वर्षीय उत्तम कार्कीलाई ३.१५ ग्राम ब्राउनसुगरसहित र अर्जुनधारा नगरपालिका-११ बाट २५ वर्षीया निर्मला थापा मगरलाई ०.५२ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगरबाट २९ वर्षीय बसन्त तामाङलाई २.८८ ग्राम खैरो हेरोइन, २० वर्षीय दिवश तामाङलाई १.७१ ग्राम हेरोइन र दुई जना प्रेम राई र नबिन चेम्जोङलाई ४.५ ग्राम हेरोइनसहित पक्राउ गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट २१ वर्षीय राहुल चौधरी र २४ वर्षीय समिर डगौरालाई ५.८१ ग्राम ब्राउनसुगरसहित, दाङको घोराहीबाट २३ वर्षीय बिशाल बुढा मगरलाई ०.६७ ग्राम ब्राउनसुगर र ५७ वर्षीया नितु आचार्यलाई २० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरिएको छ। कैलालीको धनगढीबाट २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरीलाई ०.९६ ग्राम खैरो हेरोइनसहित र सुनसरीको बराहक्षेत्रबाट २५ वर्षीय धिरज राईलाई २.३५ ग्राम हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । यी सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।











