Logo
Logo

सिरहामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


315
Shares

काठमाडौं । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

उनको आज बिहान उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भई पल्टेर दुर्घटना भएको हो ।

चालकको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्