Logo
Logo

नेपालमा चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागू


315
Shares

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षाको नयाँ पाठ्यक्रम लागू गरेको छ । मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा आइक्यानले सो जानकारी सार्वजनिक गरेको हो ।

आइक्यान अध्यक्ष प्रविणकुमार झाका अनुसार, युवापुस्ताको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर नयाँ पाठ्यक्रम तयार गरिएको छ । यो पाठ्यक्रमले नेपालमा पढेका सीएलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने उनको भनाइ छ । 

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एन्ड वेल्सको प्राविधिक सहयोगमा परिमार्जित यो पाठ्यक्रम इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्सको मापदण्डअनुसार छ । नयाँ पाठ्यक्रममा संहिता, दिगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापनजस्ता विषय समावेश गरिएको छ । यो पाठ्यक्रम पहिलो तहका लागि डिसेम्बर २०२५, दोस्रो तहका लागि डिसेम्बर २०२६ र तेस्रो तहका लागि जुन २०२८ बाट लागू हुनेछ ।

नयाँ पाठ्यक्रममा नेपालको कर र कानुन ३० प्रतिशत हाराहारी समावेश गरिएको छ । जसले प्राविधिक कारणले सीए पढ्न नसकेका विद्यार्थीलाई सहज बनाउने अपेक्षा छ । शुल्कमा भने कुनै परिवर्तन नभएको आइक्यानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्