Logo
Logo

सानिमा रिलायन्सद्धारा विद्यार्थीलाई झोला वितरण


189
Shares

बाजुरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाजुराको बजेडी आधारभूत विद्यालयका १४७ विद्यार्थीलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । वैशाख २४ मा आयोजित कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीले इ.सी.डी.देखि कक्षा ८ सम्मका विद्यार्थीलाई झोला हस्तान्तरण गरेका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो कार्यले न्यून आय भएका जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ । कम्पनीले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनमा योगदान पुर्‍याउने योजना रहेको जनाएको छ । 

५ अर्बभन्दा बढी पुँजी र २० अर्बभन्दा बढी लगानी रहेको कम्पनीसँग देशभर १६९ शाखा र २०,००० भन्दा बढी अभिकर्ता छन् । 

प्रतिक्रिया दिनुहोस्