काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

महेश थापा अध्यक्ष रहने गरी आयोग गठन गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगको समितिमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा. टीकाप्रसाद ढकाल (पाँचधर), पदमबहादुर शाही (जुम्ला), कुमारी कौशल्य ओझा (कन्चनपुर) छन् ।