Logo
Logo

सतुङ्गलमा लागेको आगो नियन्त्रणमा, १० पसल जलेर नष्ट


1.3k
Shares

काठमाडौं । चन्द्रागिरिकाो सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ५ः२५ बजेदेखि सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो केहि बेरअघि पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

फलामे टसबााट बनाइएको टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो । त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा पसल पूर्ण रूपमा र ४ वटामा आंशिक क्षति पुगेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आगो निभाउन विभिन्न कार्यालयबाट ६ वटा दमकल परिचाालन तथा सशस्त्र प्रहरीबाट ४० र नेपाल प्रहरीका ३० जना गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्