Logo
Logo

संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला


189
Shares

काठमाडौँ । संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवादमा सुनुवाइ सकिएको जनाएको छ। सो विवादबारे जेठ २८ गते फैसला सुनाइनेछ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा। कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले पक्षकारहरूलाई जेठ १६ गतेभित्र बहस नोट बुझाउन आदेश दिएको छ।

चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरी ५२ जनालाई विभिन्न संवैधानिक निकायमा नियुक्त गरेका थिए। ती नियुक्ति गैरकानुनी भएको दाबी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट दायर गरेका थिए। सोही विषयमा १४ अन्य रिट पनि दायर भएका थिए।

यी सबै रिटको एकैपटक सुनुवाइ गर्दै अब अन्तिम निर्णयको चरणमा पुगेको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्