Logo
Logo

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ


756
Shares

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार साँझ पक्राउ गरेको हो ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको हो।

आरोपी यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्