Logo
Logo

नेविसंघले जलायो सीटीईभीटीको नयाँ निर्देशिका


567
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को नयाँ भर्ना निर्देशिका जलाएको छ । सीटीईभीटीले हालै जारी गरेको निर्देशिका नेविसंघका प्रतिनिधिहरूले परिषद् सदस्य–सचिव महेश भट्टराईको उपस्थितिमा जलाएका हुन् ।

प्रवेश परीक्षाको प्रावधान हटाएर जीपीएको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने नयाँ व्यवस्थालाई अस्वीकार्य ठहर गर्दै नेविसंघले आपत्ति जनाएको छ । मेरिटमा आधारित प्रणालीको खारेजीले योग्य विद्यार्थीले अवसर गुमाउने खतरा पैदा गरेको नेविसंघको आरोप छ ।

सीटीईभीटीले भने नयाँ निर्देशिका सबै वर्गका विद्यार्थीलाई पहुँच सहज बनाउन बनाइएको बताउँदै यसले शिक्षा प्रणालीलाई समावेशी र पहुँचयोग्य बनाउने दाबी गरेको छ । तर विद्यार्थी संगठनहरूको तीव्र विरोधका बिच यो निर्देशिका कार्यान्वयनमा ल्याउन कस्तो प्रतिक्रिया आउनेछ भन्नेबारे अझै अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्