काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल र पूर्ण युद्धविरामका लागि अरब देशका नेताहरूलाई बगदादमा भेला हुन आह्वान गरेका छन् । इजरायलले गाजामा स्थलीय आक्रमण विस्तार गर्ने योजना बनाएकोमा चिन्ता व्यक्त गर्दै गुटेरेसले युद्धविरामको नयाँ प्रयासलाई जोड दिएका छन् ।

मिस्रको काहिरामा भएको अघिल्लो बैठकमा अरब राष्ट्रहरूले गाजाको पुनर्वासमा प्रतिबद्धता जनाएका थिए । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल९सुदानीले गाजा र लेबनानको पुनर्निर्माणका लागि ४ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
अलजजिराका अनुसार, बिहीबारयता इजरायली आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ भने हालसम्म ५३ हजार प्यालेस्टिनी मारिएका छन् । दश हप्तादेखिको इजरायली नाकाबन्दीका बीच मानवीय सहायता पुर्याउन र नाकाबन्दी हटाउन इजरायलमाथि उसका सहयोगी राष्ट्रहरू, विशेषगरी अमेरिकाबाट दबाब बढिरहेको छ ।











