
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) हुम्लाको अध्यक्षमा जोशी धामी निर्वाचित भएका छन् । दशौं अधिवेशनबाट धामीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।
उपाध्यक्षमा कृष्ण बोगटी (कर सिरा), सचिवमा सुबास रोकाया तथा उप–सचिवहरूमा पूर्ण बुढा, नवराज कार्की र छन टमटा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनमा महासचिव घनश्याम भुसाल, कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री नरेशकुमार शाही, हस्तबहादुर शाही लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।














