Logo
Logo

डा.मोजबहादुर बगालेले अमेरिका पठाउने भन्दै लाखौँ ठगी गरेको आरोप


882
Shares

काठमाडौं ।  कन्सल्टेन्सी व्यवसायी डा.मोजबहादुर बगालेमाथि अमेरिका पठाउने प्रलोभन देखाएर लाखौँ ठगेको आरोप लागेको छ । सामाजिक अभियन्ता राजेन्द्र खनालले आइतबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी बगालेले ठगी गर्नुका साथै मिडियाबाजी गरेर आफ्नो चरित्रहत्या गरेको दाबी गरे ।

खनालले भने, “बगालेले मलाई चितवन जाने क्रममा पोखरा हुँदै दमौलीको होटलमा पुर्‍याए । त्यहाँ उनले रक्सी मगाएर खान बाध्य पारे । कुराकानीमा मैले उनकी बहिनी सुसिला गुरुङलाई अमेरिका पठाउने भन्दै लिएको १० लाखको प्रमाण मागे । त्यसपछि उनले झगडा गरे र मलाई प्रहरीले दुई दिन हिरासतमा राख्यो ।” खनालले बगालेले मिडियाबाजी गरेर मानहानी गरेको भन्दै कानुनी कारबाही गर्ने बताए ।

अर्की पीडित सुसिला गुरुङकी दिदी जलु गुरुङले खनालको जमानतमा बगालेलाई १० लाख पेस्की दिएको र प्रमाण माग्दा आनाकानी गरेको बताइन् । तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद्का खड्क श्रेष्ठले यस्ता ठगीमा माथिल्लो निकायको संरक्षण रहेको आरोप लगाए । खनालले सत्यको पक्षमा न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्