Logo
Logo

व्यवसायमा नाफाभन्दा सेवालाई प्राथमिकता दिँउ : उपमेयर हुमा डिसी


441
Shares

दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले व्यवसायमा नाफाभन्दा सेवालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । आइतबार प्राइमफेस मल्टिपरपोज प्रालिको घोराही शाखा उद्घाटन गर्दै उनले कम्पनीहरूले जनताको सुख र सुविधामा ध्यान दिनुपर्ने धारणा राखिन् ।

उनले भनेकी छन्, “कम्पनीहरू पैसा कमाउनेतर्फ मात्र केन्द्रित हुन्छन्, तर यो कम्पनीले सेवामार्फत जनताको मन जितोस् र फलोस्–फुलोस्।”
कम्पनीका प्रबन्ध निर्देशक विक्रमबाबु केसीले कम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको दाबी गरे । उनले भने, “हामी आवास, पुल, मन्दिरलगायत साना–ठुला आयोजनाको डिपिआर निर्माणदेखि समयमै गुणस्तरीय काम सम्पन्न गर्छौँ। माटो परीक्षण, बस्तु उपचार, मूल्याङ्कन, नक्सा डिजाइन र वैज्ञानिक बस्तु सेवा हाम्रा विशेषता हुन् ।”

प्रधान कार्यालय तुलसीपुरमा रहेको कम्पनीको कोहलपुरमा दोस्रो र घोराहीमा तेस्रो शाखा स्थापना भएको छ । उद्घाटन अवसरमा कम्पनीले टेरौटेको वृद्धाश्रम, नारायपुरको मानव कल्याण समाज र तुलसीपुरको मानव सेवा आश्रममा खाजा वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्