Logo
Logo

चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ


315
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको खागसहित दुई जना पक्राउ परेका छन् । निकुञ्जको कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले आइतबार दुई जनालाई पक्राउ गरेको हाो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले विज्ञप्ति जारी गर्दै दिउँसो तीन बजेतिर दुई जना पुरुषलाई बीसहजार रोडबाट गैँडाको खागसहित पक्राउ गरिएको जानकारी दिएका हुन् ।

यद्यपी निकुञ्ज कार्यालयले उनीहरुको पहिचान भने खुलाएको छैन । खाग तस्करमा अन्य व्यक्तिहरू पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेकोले पहिचान नखुलाइएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्