Logo
Logo

धुलिखेल अस्पतालको मानसिक विभागका चिकित्सकलाई कारबाही


882
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को मानसिक रोग विभागका चिकित्सकलाई कारबाही गरेको छ । काउन्सिलको बिहीबार बसेको बैठकले विभागमा कार्यरत चिकित्सकहरूलाई तीन महिनासम्म डीनको निगरानीमा काम गर्न र व्यवहार सुधार गर्न निर्देशन दिएको छ ।

गत फागुन ४ गते धुलिखेल अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेकी थिइन् । उनले आत्महत्याको कारण चिकित्सकहरूबाट निरन्तर मानसिक दबाब र गालीगलौज भएको आरोप लगाएकी थिइन् । घटनापछि काउन्सिलले मानसिक रोग विभागका प्रमुख डा.अजय रिसाल, डा.दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई निलम्बन गरी फागुन १८ गते बयान लिएको थियो । डा. रिसाल र डा. कुँवरसँग थप स्पष्टीकरण पनि मागिएको थियो ।

पीडित विद्यार्थीले चिकित्सकहरूले साना गल्तीलाई ठुलो बनाएर गाली गर्ने, बिरामीको अगाडि फाइल फाल्ने र अपमानजनक शब्दहरू प्रयोग गर्ने गरेको बताएकी थिइन् । “तिमीहरू धर्तीको बोझ हौ भन्ने जस्ता शब्दले मानसिक यातना भयो, जसले मलाई आत्महत्याको सोचमा पुर्‍यायो,” उनले भनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्