Logo
Logo

प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन


504
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहमा ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने भएको हो ।

शशर्त अनुदान अन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्